बिराटनगर पुगेर अर्थविदहरुले भने- ७४ मा शेखर कोइरालाले हार्दा ठूलो राजनीतिक दुर्घटना भयो

बिराटनगर । अर्थविदहरुले बिराटनगर पुगेर २०७४ मा डा. शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताएका छन्।

काँग्रेस युवा नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विगतमा डा. शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताए। ‘डा. शेखरले २०७४ मा निर्वाचन जितेको भए अहिले राष्ट्रिय राजनीतिको परिस्थिति अर्कै हुने थियो’- वाग्लेले भने।

काँग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले शेखर कोइराला केही गर्न सक्ने इच्छाशक्ति भएको नेता भएको बताए। राजनीति भित्रको विकृति हटाउन पनि डा शेखरको भूमिका जरुरी रहेको उनले बताए।
नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालाले डा. शेखर कोइरालासँग मुलुकको भविष्य जोडिएको बताए। उनले भने- “देश बनाउन महाभारतको कृष्ण आउँदैनन्, शेखरहरूले नै मुलुक बनाउने हो।”
नेपाली काँग्रेस बिराटनगर महानगर समिति बिराटनगरमा आयोजना गरेको “समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति” विषयक अन्तरक्रियामा उनीहरूले आफ्नो धारणा राखेका हुन्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *