मोरङ–६ : शेखरलाई स्वतन्त्र उम्मेदवार सुशील खड्काको समर्थन
मकालु खबर
२०७९ कार्तिक २९ गते
काठमाडाैँ । मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवार सुशील खड्काले समर्थन गरेका छन् ।
उम्मेदवार खड्काले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले कोइरालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् ।
कोइरालाको पक्षमा सक्रिय भई आफू चुनाव प्रचार प्रसारमा लाग्ने पनि उनले जनाएको छ । उक्त क्षेत्रको विकासका लागि आफूले कोइरालालाई समर्थन गरेको बताएका छन् । यसअघि पनि कोइरालालाई बहुजन पार्टीका उम्मेदवार नारायण पासवालले समर्थन गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका थिए ।
मकालु खबर
२०७९ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित