बहुविवाहको कसुरमा कैद सजाय पाएका मेहताको उम्मेदवारी खारेज
मकालु खबर
२०७९ कार्तिक ३० गते
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो।
मकालु खबर
२०७९ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित