मतदातासँग मेरो भावनात्मक एकता छ, मेरो विजय निश्चित छ : न्यौपाने

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (१) की उम्मेदवार रीता न्यौपानेले आफ्नो विजयी नजिक पुगेको बताएकी छिन् । उनले समुदायमा गरेको कामको आधारमा  महिला, ज्येष्ठ नागरिक र युवाले आफूलाई मतदान गर्ने बताइन्  ।

‘यहीँ घर भएको, दुख सुख, मर्दा पर्दाको बेला कुदेर पुग्ने व्यक्ति मै हुँ, उनले भनिन्, हिजो पनि साथमा थिएँ, भोलि पनि झन् नजिक भएर काम गर्ने छु, त्यसैले पनि मलाई सबैले मत हाल्ने प्रतिबद्धता जनाउनु भएको छ।’ हिजो निर्वाचनको बेलामा आएका र आज फेरी निर्वाचनमा जित्नको लागि मात्रै आएका उम्मेदवारलाई मतदाताले तिरस्कृत गरेको उनको ठम्याई छ ।

‘महिलाले मलाई नै मत दिने भन्नु भएको छ, ज्येष्ठ नागरिकले तँ मेरो छोरी होस्, तँलाई भोट नदिए कसलाई दिनु भनेर आशीर्वाद दिनुभएको छ, उनी भन्छिन्, कसैको ज्वाइँ भएकै कारण मतदाताले भोट दिनुहुन्न, म यो गाउँ र यो क्षेत्रको छोरी भएकोले पनि ७० प्रतिशत मतदाता मेरो पक्षमा हुनुहुन्छ ।’

आफूसँग मतदाताको भावनात्मक एकता रहेको बताएकी न्यौपानेले  महिलालाई होच्याउने, गाली गर्ने, गरिबलाई हेपेर बोल्ने जनप्रतिनिधिलाई मतदाताले नचाहेको बताइन्  ।

‘म जीतको सङ्घार मा छु, उनले भनिन्, मौन अवधि सुरु भएको छ, केही व्यक्तिहरू चुनाव जित्नकोलागि पैसाको बोरा लिएर आएका छन् मतदाता सचेत बन्नु पर्छ ।’ आफू मेहनत गरेर परिश्रमको बलमा यहाँसम्म आएकोले ईमान्दारीता र निष्ठाको राजनीति गर्ने महिला नेतृ भएको पनि उनले सुनाइन्  ।

उनका प्रतिस्पर्धी प्रचण्डका  ज्वाइँ जीवन आचार्यले आफू महिला हो भोट दिनुस् भन्दै नआएको, आफू च्यातिएका लुगा देखाउँदै नआएको भन्दै अभिव्यक्ति दिएपछि विवादमा आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *