सागर ढकाल बसे निराहार व्रत, ४ गते साँझसम्म केही नखाने

काठमाडाैँ । डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल निराहार व्रत बसेका छन् । बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै बस्ने घोषणा गरेका उनी आजदेखि डेल्धुराका‌ जनताका नाममा व्रत बसेकाे हुन् ।

उनको व्रत मंसिर ४ गते साँझ अर्थात् तीनदिनसम्म रहनेछ । ‘आज र भोलि मौनअवधि भयो । पर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु ।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन् । गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न पुगेका हुन् । त्यहाँ देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया

One thought on “सागर ढकाल बसे निराहार व्रत, ४ गते साँझसम्म केही नखाने

  1. सागर जि भोट आउन योगदान चाहिन्छ तपाईंले चिन भारतमा अमेरिकामा गरेको काम डडेलधुरालाइ मत्लब हुदैन मत नआय त्यहीँ गयर काम गर्नुपर्छ । मेहेनत बिना कहाँ जित हुन्छ ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *