मौन अवधिको धज्जी उडाउँदै मुख्यमन्त्री राई र उनका स्वकीय
काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव भद्र पराजुलीले मौन अवधिको उल्लंंघन गरेका छन् ।
निर्वाचनसँग सम्बन्धित कुनै पनि उम्मेदवार वा दलका कार्यकर्ताले भोट माग्ने लगायतको गतिविधि गर्न नपाउने व्यवस्थाको उल्लङ्घन गर्दै उनले भोजपुर प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार राईको भोट मागेका हुन् ।
उनले मुख्यमन्त्री राईको फोटो अङ्कित भोट दिन सङ्केत गरिएको पर्चा आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
भोट माग्दै गरेको मत पत्रमा प्रदेश १, जिल्ला भोजपुर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ लेखिएको छ भने राजेन्द्र राईको तस्बिर राखेर चुनाव चिन्हमा मतदान गर्न आव्हान गरिएको ।
मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा प्रचारप्रसार मात्र नभई कुनै उम्मेदवारलाई भोटसमेत माग्न पाइँदैन । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचार प्रसारलगायत निर्वाचन सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाइ सकेको छ ।
सो विषयमा आयोगका सूचना अधिकारी/सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल भन्छन्, हामी उहाँलाई सम्पर्क गर्छौ, तुरुन्त पोस्ट हटाउन लगाउँछौ साथै अन्य आवश्यक कारवाहीका लागि छलफल गर्छौ ।