विराटनगरमा शंकास्पद बस्तु फेला

विराटनगर । विराटनगरमा बिहानै दुई ठाउँमा शंकासपद बस्तु फेला परेको छ । बिहान करिब ७ बजे विराटनगरको पुष्पलाल चोकमा भेटिएको शंकास्पद बस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले पुष्पलाल चोकमा फेला परेको शंकास्पद बस्तु नक्कली बम भनेर आतंकित पार्न राखिएको पाइएको छ। नेपाली सेना,नेपाल प्रहरी सहितको टोलीले उक्त बस्तु डिस्पोज गरिएको उनले बताए ।

यस्तै बिहान ११ बजेतिर विराटनगरको ढाटमा पनि संकास्पद बस्तु फेला परेको छ। प्रदेश प्रमुखको कार्यालय जाने बाटो नजिकै शंकास्पद बस्तु फेला परेपछि त्यहाँ नेपाली सेना नेपाल प्रहरी परिचालित भएको एसपी कोइरालाले जानकारी दिए ।

टेपले बाँधेर राखिएको शंकास्पद बस्तु भएको जानकारीको आधारमा त्यहाँ सुरक्षाकर्मी परिचालित रहेको उनले बताए । गएराति देखि धेरै ठाउँमा संकास्पद बस्तुहरू राख्ने र जनतालाई आतंकित पार्ने खालका गतिविधि बढेको सुरक्षा निकायको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *