भ्रष्टाचार न्युन गरी जनताप्रति जवाफदेही हुन सकेनौँ भने अर्को सरकार बन्छ : कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरको आदर्श माबि मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान पछि पत्रकारसँग कुरा गर्दै निर्वाचन पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनेकाे बताएका छन् ।
उनले गठबन्धन सरकारको नेतृत्वको दाबेदारी नेपाली कांग्रेसले गर्ने भएपनि आफुले त्यसको दाबी गर्ने नगर्ने भन्ने बारेमा पछि नै थाहा हुने बताए ।
यस पटकको निर्वाचन पछि शुसासन दिन्छौ, पारदर्शी, जनताप्रति जवाफदेही हुन्छौँ, भ्रष्टाचार न्युनीकरण गर्छौं यदी सरकारले त्यो गर्न सकेन भने अर्को सरकार बन्ने समेत उनले बताए ।
उनले अहिलेको गठबन्धनका दलहरु एक साथ हुने र अरु केही मिल्न सकिने दलहरुसँग पनि चुनावी परिणामका आधारमा मिल्न सकिने बताए । उनले एमालेको अबस्था दोश्रो वा तेश्रो हुने र कांग्रेस पहिलो पार्टी नै हुने दाबी गरे ।
आजको निर्वाचनले संविधानको रक्षा, राजनीतिक स्थिरता, भ्रष्टाचार न्युनिकरण र सुशासनको सन्देश दिने बताए ।