बाजुरामा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु, ३ घाइते
मकालु खबर
२०७९ मंसिर ४ गते
धनगढी । बाजुरामा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको हाे ।
उक्त नगरपालिकाको ७ नम्बर वडामा रहेको नाट्यश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा फर्जी मतको भेटिएपछि कांग्रेस र एमालेका कार्यकर्ताले मतपेटिका तानातान गरेर झडपमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएकाे छ ।
घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा खडक ऐरी, परशुराम पाध्याय र प्रेम थापा छन् ।
मकालु खबर
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित