दलहरूले चाहे मोरङमा आजैदेखि मतगणना सुरु हुनसक्ने

विराटनगर । मोरङमा मतगणना सर्वदलीयले निर्णय गरेमा आजैदेखि हुनसक्ने देखिएको छ । सबै मतदान केन्द्रहरूबाट मतपेटिका समयमै आई पुगेको अवस्थामा आजै मतगणना हुन सक्ने भए पनि सर्वदलीय बैठकमा आधारमा निर्णय हुने मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।

‘अझै मतदान भइरहेकोले मत गणनाको विषयमा कुनै छलफल भएको छैन, ढुङ्गेलले भने, सबै मतपेटिका आएपछि त्यसलाई मिलाउन कति समय लाग्छ त्यसको आधारमा मात्र तय हुन्छ ।’ आजै मतगणना सुरु हुने सम्भावना कम रहेको उनले मकालु खबरलाई जानकारी दिए ।

यस पटकको मत गणना ४ ठाउँमा हुनेछ। मोरङ क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर रतुवा माई र क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलवारीमा हुनेछ । त्यस्तै मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मत गणना भने विराटनगरमा रहेको आदर्शमा माध्यमिक विद्यालयमा हुने मुख्य निर्वाचन अधिकृत ढुंगेललले जानकारी दिए ।

६ वटै क्षेत्रमा मतगणनाको लागि आवश्यक सबै तयारी पुरा भएको उनले बताए । कर्मचारीहरू मतदानमा खटिएकोले फर्किएपछि मत गणनामा कर्मचारीको व्यवस्थापन, दलहरूबिचको छलफल र आन्तरिक तयारी सकिएपछि मत गणना सुरु हुने निर्वाचन अधिकृत ढुङ्गेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *