रुपन्देही ४ मा मतगणना सुरु
मकालु खबर
२०७९ मंसिर ५ गते
रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ ।
यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो । यहाँ कूल मतदाता एक लाख १० हजार सय ६९ रहेका थिए । क्षेत्र नं ५ मा पनि मतगणना भई रहको छ । क्षेत्र नं १,२ र ३ मा पनि केही बेरमा सुरु गर्ने तयारी छ ।
मकालु खबर
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित