डडेलधुराको मतगणना २ बजेदेखि मात्र सुरु हुने

डडेलधुरा । डडेलधुराको मतगणना  दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
सर्वदलीय बैठक बसिरहेको र २ बजेपछि मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेलधुरामा ५६.६४ प्रतिशत मत खसेको छ ।
९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए ।
प्रतिनिधि सभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेस बिपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल लगायत ८ जना उम्मेदवार छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *