सर्वाधिक चासोको केन्द्र डडेलधुरामा मतगणना सुरु
मकालु खबर
२०७९ मंसिर ५ गते
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।
आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेलधुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो ।
जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको एक सिटका लागि नेपाली काँग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन् ।
मकालु खबर
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित