५६ वर्षदेखि उपाधिको खडेरी तोड्न आतुर इङ्ल्याण्ड इरानसँग भिड्दै

विश्वकपको दाबेदार मानिएको इङल्याण्डले सोमबार इरानसँग खेल्दै छ। ५६ वर्षदेखि उपाधि जित्न नसकेको इङल्याण्ड कतारमा उपाधि खडेरी तोड्न चाहन्छ। समूह चरणको पहिलो खेलमा इरानसँग साँझ ६ः४५ बजे सुरुवात हुनेछ।

इरानविरुद्ध उत्कृष्ट लयमा रहेका प्रिमियर लिगका खेलाडी मैदानमा उत्रिनेछन्। गोल्डेन बुट विजेता ह्यारी केनको कप्तानी इङल्याण्ड तुलनात्मक रूपमा कमजोर टिमसँग खेल्नेछ।

फिफा बरियतामा इङल्याण्ड ५ औँ स्थानमा र इरान २० औँ स्थानमा छन्। सन् १९६६ मा आफै. आयोजना गर्दा इङल्याण्डले पहिलो पटक विश्वकप जितेको थियो। त्यसपछि जित दोहो¥याउन सकेको छैन।

इङल्याण्ड २०२० को युरोकपमा पनि फाइनलमा पुगेर उपाधिमा चुकेको थियो। गएको विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो। त्यसअघि १९९० मा पनि सेमिफाइनलमा इङल्याण्डको यात्रा टुङ्गिएको थियो।

इङल्याण्डको टिम


गोलरक्षक : डिन हेन्डर्सन, निक पोप र आरोन राम्सडेल
डिफेन्डर :ट्रेन्ट अलेजेन्डर आर्नोल्ड, बेन ह्वाइट, कनर कोडी, एरिक डायर, ह्यारी म्यागुइरे, ल्युक श, जोन स्टोन्स, किनर ट्रिपियर, काइल वाकर
मिडफिल्डर : ज्युड बेलिंगम, म्यासोन माउन्ट, काल्भिन फिलिप्स, डिक्लान राइस, जोर्डन हेन्डरसन, कनर ग्यालेगर, जेम्स म्याडिसन
फरवार्ड : फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङ, क्यालुम विल्सन, मार्कस राशफोर्ड

लगातार तेस्रो पटक विश्वकपमा इरान

इरान एसियाबाट लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। विश्वकप छनौटमा उसले निक्कै उत्कृष्ट प्रदर्शन गरेको थियो। विश्वकपका ९ खेलमा ८ जित र एक मात्रै हार व्यहोरेको थियो।
समूहको शीर्षस्थानमा रहँदै इरान विश्वकप खेल्न कतार पुगेको हो। इरानका लागि इङ्ल्याण्ड कठिन प्रतिस्पर्धी भए पनि उसलाई रोक्दै अघिल्लो चरण पुग्ने दाउमा छ।
इरानसँग पोर्टोका फरवार्ड मेह्दी तारेमीलगायत बलियो आक्रमण लाइन छ।

इरानी टिम

गोलरक्षक : अलिरेजा बेइरानभान्ड, अमिर अबेदजादेह, सेयद होसेन होसेनी, पायम नियाजमान्ड
डिफेन्डर : एहसान हजसाफी, मोर्तेजा पौरालिगन्जी, रामिन रेटाएन, मिलाद मोहम्मदी, होसेन कानानिजादेगन, शोजाए खलिलजादेह, सादेघ मोहर्राबेह, सादेघ मोहर्राबे, चेश्मी, माजिद होसेनी, अबोलफजल जलाली
मिडफिल्डर : अहमद नुरोल्लाही, समन घोड्डोस, वाहिद अमिरी, सईद इजातोलाही, अलिरेजा जहानबख्श, मेहदी तोराबी, अली घोलिजादेह, अली घोलिजादेह
फरवार्ड : करिम अन्सारिफार्ड, सरदार अजमोन, मेहदी तारेमी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *