मोरङ ४ मा गठबन्धनको अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले गणना शुरु भएको करिब ६ घण्टापछि पहिलो पटक मत प्रारम्भीकमत परिणाम सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी कन्द्रका अमनलाल मोदीले ११४८ मत ल्याएका छन् भने एमालेका विनोद ढकाल ६३१ मत पाएर पछ्याउँदैछ । यो निर्वाचन क्षेत्रमा नेकपा माओवादीका मोदी र नेकपा एमालेका ढकाल बिच प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै राप्रपाका रवि रिजालले १०१ मत प्राप्त गरेका छन् । १३४ मत बदर देखिएको छ। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४(१) मा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेका गुरुराज घिमिरेले ९०७ मत पाउँदा नेकपा एमालेका जयप्रकाश चौधरीले ७०९ मत प्राप्त गरेका छन् । राप्रपाका आशनारायण थारुले २५५ मतप्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *