धनकुटामा राईको अग्रता, पछ्याउँदै सूर्यबहादुर थापाका छोरा सुनिल
विराटनगर । धनकुटामा राजेन्द्रकुमार राईले अग्रता कायम राखेका छन् ।
नेकपा एमालेका उम्मेदवार राईले ५५११ मत पाउँदै अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सुनिलबहादुर थापाले ४३७३ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार माछाले १५४३ मत पाएको छ।
त्यस्तै धनकुटा जिल्लाको प्रदेश १ र २ मा नै नेकपा एमालेले नै अग्रता लिएको छ । धनकुटा प्रदेश निर्वाचन क्षेत्र १ मा एमालेका निरन राईले २९८१ मत सहित अगाडी रहेका छन् भने उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रकम जेम्जोङले उनलाई पछ्याई रहेका छन् ।
जेम्जोङले १७९३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राई १०९९ मत सहित तेस्रो स्थानमा छन् ।
त्यस्तै प्रदेश क्षेत्र नम्बर २ अन्तरगत नेकपा एमालेका इन्द्रमणी पराजुलीले २८८७ मत प्राप्त गरेका छन् भने माओवादीकी कुसुमकुमारी श्रेष्ठले २०४७ मतका साथ पराजुलीलाई पछ्याई रहेकी छिन ।