देउवा भन्दा ४ हजार बढी मतले पछि परे सागर ढकाल

डडेलधुरा । डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाललाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पर्दै देउवा अग्र स्थानमा रहेका छन् ।

हालसम्म १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ मत ल्याएका छन् भने ढकालले ५ हजार १९३ मत पाएका छन् ।

नेकपा एमालेको समर्थन पाएका नेपाली काँग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

देउवा र ढकालबिचको मत अन्तर ४ हजार ५८० रहेको छ ।
मत गणना जारी छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *