मुस्ताङको समानुपातिक मत : कांग्रेस भन्दा एमाले ९१८ मतले अघि, माओवादी तेस्रो

पोखरा । मुस्ताङको समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्ष तर्फको मत गनेर सकेपछि समानुपातिक गणना गरिएको हो । प्रत्यक्षमा तीनै सीट चुनाव हारेको एमालेले समानुपातिकमा भने कांग्रेसको भन्दा करिब १ हजार मत बढी ल्याएको छ ।

खसेको ७ हजार ६ सय ९९ मत मध्ये एमालेले ३ हजार ४ सय ४ मत पाएको छ । कांग्रेसले २ हजार ४ सय ८६ मत पाएर दोस्रो भएको हो ।

एमाले र कांग्रेसबीच ९ सय १८ मतको अन्तर छ । यस्तै, नेकपा माओवादी केन्द्रले ९ सय ८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ९९ मत, राप्रपाले २ सय ७ मत, नेकपा एसले ५५ मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *