गण्डकीमा माओवादीले खाता खोल्यो : म्याग्दीको प्रदेशसभा ‘ख’मा जुग्जाली विजयी
मकालु खबर
२०७९ मंसिर ६ गते
पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रले खाता खोलेको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र ९ख० मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमले ९ हजार ४ सय ५४ मत पाए भने यामबहादुरले ९ हजार ३ सय ५३ मत पाए ।
३७ हजार ६ सय ४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र ९ख० मा २१ हजार ७ मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित