विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाको बराबरी
मकालु खबर
२०७९ मंसिर ६ गते
काठमाडौं । विश्वकप फुटबलमा समुह डी का डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्। समूहको पहिलो खेलमा गोलरहित बराबरी गरेका यी दुवै टोलीले अब फ्रान्स र अष्ट्रेलियासँग खेल्ने छन्।
अहिले दुवै टोलिको खातामा समान १ अंक भएको छ।दोहास्थित अल रयानस्थित एजुकेसन सिटी स्टेडियममा दुवै टोलीले जितको प्रयास गरे पनि सफल भएनन्।
कतारमा जारी विश्वकपमा यो दोस्रो बराबरी हो। यसअघि वेल्स र अमेरिकाले पनि बराबरी खेलेका थिए। मंगलबार नै भएको समूह सीको पहिलो खेलमा साउदी अरेबीयाले उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ।
मंगलबारको तेस्रो खेलमा समूह सी का मेक्सीको र पोल्याण्ड तथा मध्यराति समूह डी का फ्रान्स र अष्ट्रेलिया भिड्नेछन्।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित