रुपन्देही ४ (ख)मा काङ्ग्रेसका खाँ निर्वाचित
मकालु खबर
२०७९ मंसिर ७ गते
रुपन्देही–४ (ख) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन् ।
चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गरे भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि छन् ।
मकालु खबर
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित