रुपन्देही १ मा छविलाल अगाडि, घनश्याम पछाडि

काठमाडौँ । रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन् ।

१७ हजार ७१७ मत गणना हुँदा एमालेका छविलाल विश्वकर्माले ४ हजार ४१२ मत ल्याएका छन् । एमाले छोडेर स्वतन्त्र रुपमा उम्मेदवार दिएका घनश्याम भुसालले ३ हजार ४१८ मत मात्र ल्याएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ३ हजार १५७ मतसहित तेस्रो स्थान कायम राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *