झापा २ : दुवै प्रदेश सदस्यमा एमाले विजयी

विराटनगर । झापा क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका एकराज कार्की निर्वाचित भएका छन् । कार्कीले एकीकृत समाजवादीका उम्मेदवार पुष्पराज पोखरेललाई १२६५१ मतले पछि पर्दै निर्वाचित भएका हुन् ।

कार्कीले १८७३१ मत ल्याएर विजयी हुँदा पोखरेलले ६०८० मत मात्र प्राप्त गर्न सकेछ । त्यस्तै क्षेत्र नम्बर २(२) मा तिलचन पाठक निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३८४० मतले पराजित गरेका हुन् ।

पाठकले २०१८४ मत प्राप्त गर्दा मैनालीले १६३४४ मत मात्र प्राप्त गर्न सकेन । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *