भोजपुरमा सुदन किराती निर्वाचित, प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई पराजित
मकालु खबर
२०७९ मंसिर ९ गते
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका किरातीले प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन् ।
सुदनले २८५७५ मत पाउँदा शेरधन २६१९३ ल्याए । दुईजनाबीचको मतान्तर २३८५ छ ।
सुदन र शेरधनबीच भोजपुरमा यो तेस्रो प्रतिस्पर्धा हो ।
यसअघि शेरधनलाई सुदनले ०६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए । दोस्रो संविधानसभामा शेरधन विजयी भए । ७४ मा वाम गठबन्धनबाट सुदन संघमा र शेरधनले प्रदेशमा जितेका थिए ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित