ब्राजिलको जितमा रिचार्लीसनको दुई गोल
मकालु खबर
२०७९ मंसिर ९ गते
काठमाडाैँ । फिफा विश्वकप कतार २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ । लुसेल रंगशालमा विहीबार ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्दा दुवै गोल रिचार्लीसन अन्द्रादेले गरे ।
पहिलो हाफमा अवसर सदुपयोग गर्न नसकेको ब्राजिलले दोस्रो हाफमा थप आक्रामक प्रस्तुति गरेको थियो । मुख्य फरवार्ड रिचार्लीसनले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरे ।
यस जितसँगै ब्राजिल समूह जी को शीर्षस्थानमा पुगेको छ । ब्राजिल र स्विटजरल्यान्ड दुवैको ३ अंक रहेको छ । बिहीबारकै पहिलो खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई १-० ले पराजित गरेको थियो ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित