मोरङ-४ मा माओवादीका अमनलाल मोदी ६ हजार बढी मतले विजयी

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन् । उनले ६ हजार १४९ मत अन्तरले एमालेका विनोदकुमार ढकाललाई पछि पार्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

मोरङ क्षेत्र ६ को बुढीगंगा गाउँँपालिकाको डङ्ग्राहा घर भएका मोदीले ३० हजार ६१२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *