बारा १ बाट एमालेका मैनाली विजयी, मन्त्री चौधरी पराजित

बारा । बारा निर्वाचन क्षेत्र नं १ मा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीलाई हराउँदै नेकपा एमालेका अच्यूत मैनाली निर्वाचित भएका छन् ।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई मैनालीले ९ हजार १ सय ३९ मतको पराकिलो अन्तरले पराजित गरेका हुन् । चौधरीले यस क्षेत्रबाट २ पटक चुनाव जितेका थिए ।

यस क्षेत्रमा उनी तेस्रो पटक चुनावी मैदामा उत्रिएका हुन् । मैनाली यसअघि २०७४ मा मन्त्री चौधरीसित दुई हजार ५ सय मतले पराजित थिए । मैनाली ३९ हजार १ सय ९५ मत ल्याएर विजयी भएका हुन् । यसपटक जसपाको गबन्धनबाट उनी उम्मेदवार भई प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *