हुम्ला प्रदेशसभा (२) मा कांग्रेसका शाही विजयी

सिमकोट । हुम्ला प्रदेश (२)बाट बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका छन् ।

कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जनता समाजवादी (जसपा)का बलिराज शाहीले ४१ र स्वतन्त्र उम्मेदवार सुमन रावतले २१ मत प्राप्त गरे। यस्तै एक सय १९ मत बदर भएको छ । यसअघि प्रदेश (१)को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *