प्रतिनिधिसभा हुम्लामा माओवादी केन्द्रका लामा विजयी
मकालु खबर
२०७९ मंसिर ९ गते
सिमकोट । हुम्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का छिरिङ दम्डुल लामा कार्चेन निर्वाचित भएका छन् । लामा १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का दल रावल नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भएका हुन् । उनीहरुबीच चार हजार आठ सय ५५ मतको मतान्तर रहेको छ ।
यस्तै राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस्तै बदर मत सङ्ख्या पाँच सय २४ थियोे । हुम्लामा दुई वटै प्रदेश र प्रतिनिधिसभा सदस्यमा गठबन्धन विजयी भएको छ ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित