कपिलवस्तु-२ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी, हारे बृजेश गुप्ता

काठमाडाैँ । कपिलवस्तु – २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्‍तालाई ३१७ मतान्तरले पराजित गरेका हुन् । पराजित वृजेशकुमार गुप्‍ताले ३८६९७ मत ल्याएका छन् ।

आचार्य २०७० सालको दोस्रो संविधानसभा सदस्यमामा समेत विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *