रूपन्देही-३ मा गृहमन्त्री खाण १२४८ मतले पछि
मकालु खबर
२०७९ मंसिर १० गते
काठमाडाैँ । रुपन्देही क्षेत्र नं३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् ।बोहोरा र खाणबीच १ हजार २४८ मतको अन्तर छ ।
अब करिब छ हजार मत गणना बाँकी रहेको छ । आज १२ बजेसम्म मतगणना सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ ।
मकालु खबर
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित