आयोजक कतार समूह चरणबाटै बाहिरियो
मकालु खबर
२०७९ मंसिर १० गते
काठमाडौँ । विश्वकप फुटबलको आयोजक कतार समुह चरणबाट नै बाहिरिएको छ । समुह चरणमा आफ्ना लगातार दुई खेल हारेको कतार अब अन्तिम खेल खेल्न बाँकी हुदै समुह चरणबाट नै बाहिरिएको हो ।
यस समुहमा रहेका नेदरल्याण्डस र इक्वेडरले शुक्रबार रातिको खेल १-१ गोलको बराबरी खेलेसँगै आयोजक कतारको बहिर्गमन निश्चित बनेको हो । कतारले समुह चरणको अन्तिम खेल नेदरल्याण्डससँग खेल्न बाँकी रहेको छ । सो खेल नोभेम्बर २९ मा हुने छ ।
कतारले पहिलो खेल इक्वेडरसँग २-० गोल अन्तरले हारेको थियो भने दोस्रो खेलमा सेनेगलसँग ३-१ को हार बेहोरेको थियो ।
समुह ए मा नेदरल्याण्डस र इक्वेडरको बराबर ४-४ अंक भएकाले अब कतारले आफ्नो अन्तिम खेल जितेपनि नकआउटमा स्थान बनाउने सम्भावना सकिएको हो । साथै आयोजक कतार यस विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश समेत बनेको छ ।
मकालु खबर
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित