नेता बस्नेतको देखाए उच्च राजनीतिक संस्कार, कार्कीलाई दिए बधाई
काठमाडौँ । नेकपा (एमाले) का नेता पर्शुराम बस्नेतले उच्च राजनीतिक संस्कार देखाएका छन् । आफू निर्वाचनमा पराजित भएपनि उनले विजयीलाई बधाई दिएकाका हुन् ।
नेता बस्नेतले पराजयलाई सहजरुपमा लिँदै विजयी कांग्रेसका केदार कार्कीलाई बधाई दिए । मोरङ क्षेत्र नम्बर ६ (ख)बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका उनी कांग्रेसका केदार कार्कीसँग पराजित भएका थिए । तर, नेता बस्नेतले पराजयलाई स्वीकार गर्दै कार्कीलाई मतगणना स्थलमै पुगेर बधाई दिएका छन् ।
सो क्रममा उनले जनताको घर घरमा पुगेर दुःख सुखमा साथ दिन आग्रह गरे । ‘अघिल्लो पटक जनताको घरमा पुग्नु भएन भन्ने धेरै गुनासो छ । अब चाही जनताको घर जानु र दुःख सुखको साथी बन्नु ।’ उनले कार्कीलाई भने, ‘मैले जनताको बिचमा जाँदा म जनताको सेवक बन्छु भनेको थिए । मलाइ जनताले म्यान्डेड दिनु भएन । हजुरलाई दिनुभएको छ । त्यो बाचा पूरा गर्नू । हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’