बोल्न छाडेका बोहोराले बोल्दै नबोली चुनाव जिते, हराए गृहमन्त्री खाँडलाई

काठमाडौँ । निर्वाचनका दौरान गर्न सकिने जति मात्रै होइन, गर्नै नसकिने काम पनि गर्छु भनेर भाषण गर्ने नेपाली चुनावको प्रचार शैली हो । अझ ठूला ठूला मञ्चमा माइक अघि उभिएर विपक्षी उम्मेदवारको उछित्तो काढ्नु पनि नेपाली उम्मेदवारहरुको विशेषता नै बनेको छ ।

त्यस्तै, घरदैलो कार्यक्रम गरी दुई हात जोडेर सबैसम्म भोट माग्नु परम्परा नै हो । तर, रुपन्देही ३ बाट राप्रपाका उम्मेदवार दीपक बोहोराले बोल्दै नबोली चुनाव जितेका छन् । त्यो पनि नेपाली कांग्रेस जस्तो ठूलो पार्टी (जससलाई अन्य ४ दलको समेत साथ थियो)का उम्मेदवार तथा गृहमन्त्रीलाई नै पराजित गर्दै चुनाब जितेका छन् बोहोराले ।

निर्वाचनका दौरान बोहोरा चिकित्सकको सल्लाहाअनुसार ‘भ्वाइस रेस्ट’ (नबोल्ने आराम)को अवस्थामा थिए । उनी चुनाव जितेपछि पनि बोलेका छैनन् ।

बोहोराको चुनावी सभालाई राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, स्वाती थापा, केन्द्रीय सदस्य तोयानाथ लम्साल, सागरप्रताप लम्साल, युवराज घिमिरेलगायतले सम्बोधन गर्ने गरेका थिए ।

घरदैलोमा पनि उनले मतदातासँग भेट गरेपछि इशाराले चुनाव मागे । कसैसँग मौखिक सम्वाद गरेनन् ।

कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहअनुसार ‘भ्वाइस रेस्टमा’ बसेका हुन् । पूर्ण निको नहुञ्जेल उनी अझै केही महिना ‘भ्वाइस रेस्ट’कै अवस्थामा बस्ने उनका सहयोगीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *