धनुषा ४ : मतान्तर घटाउन थालेका महासेठले बाजी मार्ने सम्भावना
मकालु खबर
२०७९ मंसिर ११ गते
जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाउन थालेकाले उनी बाजी मार्ने अडकल हुन थालेको छ । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस सहमहामन्त्री महेन्द्र यादव आइतबार बिहानसम्म १ हजार बढी मतले अग्रता लिएका थिए । तर बटेश्वर गाउपालिकाको चार वटा वडाको मत गणना गर्दा महासेठले मतान्तर ४५८ मा झारेका छन् ।
केहिबेर अगाडी प्राप्त मतगणना रिपोर्ट अनुसार अहिले यादवले २२ हजार ५६५ मत ल्याउँदा महासेठले २३ हजार १०७ मत पाएका छन् । अब बटेश्वर गाउपालिकाको एउटा वडा ५ नम्बर र मिथिला नगरपालिकाको १० वटा वडा गणना गर्न बाँकी छ । यो वडाहरुमा महासेठले बढी मत प्राप्त गर्ने अनुमान एमालेका नेताहरुको छ ।
मधेश प्रदेशका ३२ प्रतिनिधिसभा क्षेत्रमध्ये ३१ वटाको परिणाम आइसकेको छ । त्यसैले पनि धनुषा ४ को परिणाममा सबैको नजर छ ।
मकालु खबर
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित