धनुषा ४ मा कांग्रेसका यादवको अग्रता कायमै, पछिपछि एमालेका महासेठ

जनकपुरधाम ‌। मधेस प्रदेशमा मतगणना गर्न मात्र बांकी रहेको धनुषा ४ मा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव अग्रता कायम राखेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार यादवले ७४७ मतले अग्रता लिएका हुन् ‌। अहिलेसम्म यादव २८ हजार ६५७ मत पाएका छन् ।

यादवलाई नेकपा एमालेका सचिव समेत रहेका उम्मेदवार रघुवीर महासेठ पछ्याइरहेका छन् । महासेठ अहिलेसम्म २७ हजार ९१० मत ल्याएका हुन् ‌।

अब मिथिला नगरपालिकाका ३ वटा वडाको मत मात्र गणना बांकी रहेको छ । यो क्षेत्रको परिणाम सम्भवतः आज रातिसम्म आउने देखिएको छ ‌।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *