क्यामरुन र सर्वियाको रोमाञ्चक बराबरी
विश्वकप फुटबलमा सर्विया र क्यामरुनले रोमाञ्चक बराबरी खेलेका छन्।
पहिलो खेलमा खराब नतिजा व्यहोरेका दुई टोलीले दोस्रो खेलमा सोमबार ३–३ को बराबरी खेलेका हुन्।
खेलको सुरुवातमा क्यामरुनले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। पहिलो हाफको अन्तमा सर्वियाले अग्रता बनाए पनि उसले पनि त्यसलाई जोगाउन असफल भयो।
अल जनौव स्टेडियममा खेलको पहिलो हाफमा २–१ ले पछि परेको क्यामरुनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा ग¥यो। खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिक चौपो मोटिंगले क्यामरुनलाई खेलमा फर्काए। त्यसअघि खेलको ६३ औँ मिनेटमा भिसेन्ट अबुबाकरको गोलमा क्यामरुनले अग्रता ३–२ मा झारेको थियो।
खेलको ५३ औँ मिनेटमा सर्वियाका एन्ड्रीज जिभकोभिचको पासमा एलेक्स मिट्रोभिकले खेल ३–१ मा पु¥याएका थिए। सर्वियाका लागि पहिलो हाफको अतिरिक्त समयमा सगेज मिलिक्कोविक साविक र त्यसअघि स्टाहिनजा पावलोभिकले गोल गरे।
२८ औँ मिनेटमा क्यामरुनका जीन–चाल्र्स क्यास्टेलेटोको गोलमा क्यामरुनले अग्रता बनाएको थियो। बराबरीसँगै दुवै टोलीको समान १ अङ्क छ। ब्राजिल र स्विट्जरल्याण्डको समान ३ अङ्क छ। तर यी टोली आजै राति भिड्दैछन्। यो खेल जित्ने टोलीको अघिल्लो चरण पक्का हुने छ। हार्ने टोली भने बाहिरिने सम्भावना कायम रहनेछ।