सुनसरी-३ को गणना अन्तिमतिर : भगवतीलाई उछिन्न सकेनन् विजयकुमारले, कति छ मतान्तर ?

काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३६९३६ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले ३०६०१ मत प्राप्त गरेका छन् ।

आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ५५३५ मतान्तरले पछि पारेकी छन् । अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ ।

सुनसरी ३(२)प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी छन् । सुनसरी ३ प्रदेश सभा (२)तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *