कला परिषदमा ‘नेपालका देवीदेवताहरू’ (तस्बिरहरु)

काठमाडौँ । नेपाल कला परिषदको ६० औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर ११ गतेदेखि ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रर्दशनी सुरू भएको छ । प्रदर्शनीमा १ सय ६० कलाकारले बनाएका हिन्दू र बौद्व धर्मका देवीदेवताहरुको कलाकृति समावेश गरिएको छ।

आयोजकका अनुसार यस प्रदर्शनीले नेपालको मौलिक धर्म र दर्शनको बारेमा जानकारी दिनेछ। यसैगरी प्रदर्शनीमा समावेश गरिएका कलाकृतिले हिन्दू र बौद्ध धर्म उत्पत्तिबारे समेत जानकारी दिनेछ। नेपाली कला, संस्कृति र धर्मको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी मंसिर २५ गते सम्म हुनेछ।

थप तस्बिरहरु:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *