कास्कीमा झण्डै ५ प्रतिशत मत बदर

पोखरा । कास्कीमा यस पटकको आम निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्रका २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ लाख ७८ हजार ८ सय ६ मत खसेको थियो ।

त्यसमध्ये १ लाख ७० हजार ३ सय ४४ सदर भएको र ८ हजार ४ सय ६४ मत बदर भएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ । यो ४.९६ प्रतिशत हो । प्रतिनिधिसभाको समानुपातिक तर्फ तीन वटै निर्वाचन क्षेत्रमा गरी ६ हजार ७ सय ३८ मत बदर भएको छ भने प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ हजार २० र समानुपातिकतर्फ १० हजार ३८५ मत बदर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *