स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी

पोखरा । सर्वाधिक चासोका साथ हेरिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना सकिएको छ । नेपाली कांग्रेसका उपसभापति समेत रहेका कांग्रेस उम्मेदवार धनराज गुरुङ भारी मत अन्तरले विजयी भएका छन् ।

उनले एमालेकी सचिव पद्मा अर्याललाई ५ हजार ६ सय ६५ मत अन्तरले हराएका हुन् ।  गुरुङले ३१ हजार ४ सय ६६ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाएका छन् । यस्तै, प्रदेश सभा तर्फ पनि कांग्रेसकै महेश भट्टराई विजयी भएका छन् ।

उनले एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ८ सय ९ मत अन्तरले पराजित गरे । भट्टराईले १८ हजार ८ सय ८ मत पाउँदा श्रेष्ठले १६ हजार ९ सय ९९ मत ल्याए । एमाले लगायत दलले यो क्षेत्रका केही बुथमा कांग्रेसले क्याप्चर गरेको आरोप लगाएको थियो ।

लामो समयसम्म गणना विवादका कारण स्थगित भयो । अन्तिममा आयोगले नै पुनः मतदान नहुने निर्णय गरेपछि गणना थालिएको हो । यहाँ ७० हजार १ सय ९१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *