महाकालीमा एकाेहाेराे तटबन्ध नबनाउन सरकारले भारतलाई पठायाे कुटनीतिक नोट
काठमाडौँ । नेपाल भारत सीमा नदी महाकालीलाई नेपाली भूमितर्फ धकेली भूमि अतिक्रमण गर्ने गरी भारले लगाएको एकतर्फी तटबन्धको काम रोक्न नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ । मंगलबार सरकारले यस्तो नोट पठाएको हो । परराष्ट्र मन्त्रालयले काठमाडौँमा रहेको भारतीय राजदूतावासमार्फत उक्त नोट पठाएको परराष्ट्रका अधिकारीले जनाएका छन् ।
दार्चुला जिल्लास्थित महाकाली सीमा नदीमा भारतले एकतर्फी बाँध तटबन्ध लगाएको थियो । तटबन्धको नेपाली पक्षले विरोध गरेपछि भारतीयले नेपालीमार्फत आक्रमण गरेका थिए ।
लगातार एक वर्षअघिबाटै तटबन्ध निर्माण गरिरहेको भए पनि नेपाल सरकारले सक्रिय विरोध वा कुटनीतिक संवाद गर्न सकेको छैन । नेपालको तर्फबाट पठाइका कतिपय कुटनीतिक नोटको भारतले जवाफ समेत दिने गरेको छैन । हाल यो विषयमा नेपालले पठाएको नोटको भारतले जवाफ के दिन्छ वा मौन बसेर तटबन्ध निर्माण अघि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ ।
केही दिनअघि मात्रै उक्त टतबन्धको विरोध गरेका नेपाली पक्षलाई भारतीय सुरक्षा कर्मीले ढुंगा चलाउँदा ३ जना नेपाली घाइते भएका थिए ।