२६ वटा सवारी चालक लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइयो

काठमाडौं । २६ वटा सवारी चालक लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग मिनभवन पठाइएको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्र सवारी लाइसेन्स निलम्बनका लागि पठाएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने नियम उल्लंघन गरेको भन्दै उक्र लाइसेन्स निलम्बनका लागि पठाइएको हो ।

निलम्बनका लागि पठाईएका मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको कार्यालयका सहप्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *