सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान

फिक्कल । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङलाई आज सम्मान गरिएको हो ।

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतले हिमाल आरोहण मृत्युसँगको लडाइँ जस्तै भएको भन्दै आरोहीहरूलाई राष्ट्रको गौरव ठानेर तीनै तहको सरकारले सम्मान गर्नुपर्ने बताए ।

उनले भने, “सगरमाथा चढ्ने कुरा सामान्य होइन । मृत्युलाई छक्याएर विजयी हुने कुरा असमान्य साहस हो । राज्यका सबै तहका सरकारले गर्व गर्दै उहाँहरूलाई सम्मान गर्नुपर्छ ।” सांसद बस्नेतले जीवन र मरणको यात्रा पार गरेर विश्वलाई साहसको परिचय दिने उनीहरू समाजका प्रेरणाका स्रोत भएको भन्दै प्रशंसा गरे।

इलाम सूर्योदयका शेर्पाले २०७० साल जेठ ६ गतेसगरमाथा आरोहण गरेका थिए । त्यसैगरी सोही पालिका निवासी तामाङले २०७९ साल वैशाख ३० गतेसगरमाथा आरोहण गरेका थिए ।

उनीहरूले इलामका विभिन्न पर्यटकीय स्थलहरूको तस्बिर सगरमाथाको चुचुरोमा पुगेर फहराउन सफल भएका कारण सम्मान गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल, इलामका अध्यक्ष चन्द्र पाठकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *