ठगी आरोपमा सूर्य कर्पोरेसनको कारोबार रोक्का
मकालु खबर
२०७९ मंसिर २६ गते
काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै तीन वर्षदेखि राहदानी र रकम लिँदै आएको सूर्य कर्पोरेसन (म्यानपावर) कम्पनीको कारोबार वैदेशिक रोजगार विभागले रोक्का गरेको छ ।
उक्त म्यानपवार कम्पनीले जापान पठाइदिने भन्दै युवाबाट तीन वर्षदेखि रकम र राहदानी लिएर अहिलेसम्म पठाउन नसकेकाले पीडितको उजुरीका आधारमा कारबाही गरेको हो ।
विभागका अनुसार त्यो म्यानपावर कम्पनीले जापानसहित क्यानडा अमेरिकालगायतका देशमा पठाइदिने भन्दै सङ्कलन गरेका ८० थानभन्दा बढी राहदानी र अन्य कागजात बरामद गरेको छ ।
गएको शुक्रबार अनुगमनको क्रममा त्यस म्यानपावर कम्पनीमा उपस्थित कर्मचारीलाई समेत प्रहरीको जिम्मा लगाई आवश्यक कारबाही थालिएको विभागले जनाएको छ ।
मकालु खबर
२०७९ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित