धनुषामा २४ लाख रुपैयाँसहित भारतीय हुन्डी कारोबारी पक्राउ

जनकपुरधाम । मोटरसाइकलको ट्याङ्कीमा लुकाएर २४ लाखभन्दा बढी नेपाली रुपैयाँ भारतबाट नेपाल ल्याउने क्रममा एक हुन्डी कारोबारी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुबनी जिल्ला माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव छन् ।
धनुषाको विदेह नगरपालिका ९ बाट यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलमा चढेर यादव आउँदै थिए ।
सुराकीको आधारमा गस्तीमा रहेको प्रहरी मोटरसाइकलको ट्याङ्की खोल्दा २४ लाख १७ हजार बरामद भएको सशस्त्र प्रहरी धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलको ट्याङकी भित्र राखेको हजार रुपैयाँको १२ बन्डल र पाँच सयको २४ बन्डल नेपाली रुपैयाँ बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि धनुषा भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *