विराट एक्स्पो आजदेखि : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने   

विराटनगर । विराटनगरमा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । एस्पोको विराटनगर-१४ स्थित डिग्री कलेजको मैदानमा आज  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

विराटनगरमा आयोजना हुने विराट एक्पो विगतमाभन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए । प्रविधिसँगै एक्स्पोमा रोबटसँग भेटघाट, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउण्टेन फ्लाइट, कृषि, पर्यटन प्रदर्शन र प्रवर्द्धन हुने बताए ।

उद्योग,  व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उनले बताए । विभिन्न क्षेत्रका ४ सय ७५ प्रवर्द्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि  एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताए । उनले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।  एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।

एक्स्पोको अर्को आकर्षण फालिएका प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीहरूको पुनः प्रयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राखिएको छ । त्यसका लागि प्लास्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरूको संस्थासँगको सहकार्यमा रिडियुस्, रियुज र रिसाइकल थिममा फेसन शो हुनेछ । मोडलहरूले त्यस्ता सामग्रीहरूबाट फेबिक्रेट गरिएका कपडाहरू लगाउने छन् ।

त्यसैगरी, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । उद्घाटनको दिन बिहीबार स्वपना सुमन ब्याण्डको प्रस्तुति रहेसँगै क्रमशः गायक दीपक बज्राचार्य, मिस्टर डि -यापर, गायिका अस्मिता अधिकारी, चि मुसी चि (-यापर तथा मुभी प्रिमियर) र -यापर हङ र गायिका इन्दिरा जोशीको प्रस्तुति हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *