किर्ते गरेको आरोपमा लक्ष्मीनारायण मठका महन्त दास पक्राउ
मकालु खबर
२०७९ पुस ३ गते
जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा रहेको ऐतिहासिक तथा प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दासलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
किर्ते हस्ताक्षर गरी बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा महन्थ दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रुपन्देही पठाएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
रुपन्देहीकै सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरी महन्थ दासले बैंकबाट रुपैयाँ झिकेको आरोप लागेको एसपी पंगेनीले बताए ।
मकालु खबर
२०७९ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित