पोखरा महानगरले २ ठाउँमा वर्ल्डकपको फाइनल देखाउने
मकालु खबर
२०७९ पुस ३ गते
पोखरा । पोखरा महानगरपालिकाकै आयोजनामा पोखराका २ ठाउँमा फिफा वर्ल्डकपको फाइनल प्रदर्शन हुने भएको छ । पोखराको पृथ्वीचोक र हल्लनचोकको ठूलो एलइडीबाट वर्ल्डकप देखाउन लागिएको हो ।
कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता २०२२ को फाइनल खेलमा आज राति पौने ९ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन् ।
पोखरा महानगरपालिका, परिचय एड्भरटाइजिङ र एपिआई मिडियाजको सहकार्यमा वर्ल्डकप प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।
महानगरले ठुलो पर्दामा खेल हेर्न चाहने दर्शकलाई लक्षित गरेर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको जनाएको छ ।
मकालु खबर
२०७९ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित