प्रदेश १ मा दलहरूसँग समन्वय गरेर सरकारको नेतृत्व एमालेले गर्ने : कार्की

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सबै दलहरूसँग समन्वय गरेर एमाले नेतृत्वको सरकार बनाउन आफूले भूमिका खेल्ने बताएका छन् ।

नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता चयन पछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले चुनावी तालमेल गरेका दलहरूको बिचमा समन्वय गरेर एमालेको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । त्यस्तै अन्य दलहरूसँगको छलफललाई पनि निरन्तरता दिइने कार्कीले बताएका छन् ।

आजको संसदीय दलको बैठकले दलहरूसँग समन्वय र सहकार्य गर्नको लागि समिति पनि बनाइएको जानकारी दिए । संसदीय दलको नेताको संयोजकत्वमा ५ सदस्य समिति बनाइएको छ ।

प्रदेश १ को सरकार गठनकालागि अन्य दलसँग वार्ता संवाद गर्न बनेको समितिको सदस्यमा तिलकुमार मेन्यङ्वो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ अधिकारी छन् ।

कार्कीले प्रदेशको नामाकरणको बारेमा संसदीय दलको बैठकमा कुरा उठेकोले यो विषय पनि आगामी संसदीय दलको बैठकमा टुङ्गो लगाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *